दावा गुरुङ्ग एउटा यस्तो नाम हो,जुन नाम नेपाली खेलक्षेत्रमा गर्व गर्न लायक नाम हो । नेपाली युवा र खेल क्षेत्रमा उनको नामै काफी छ,सायद खेल क्षेत्रमा उनलाई नचिन्ने बिरलै होलान । आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कन नपरेका दावा , दुख भनु या बिडम्वना उनि राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन ।उनको खेल जीवन अत्यधिक सफल त्यतिखेर बनाईदियो जतिबेला नेपालमा आठौं साफ गेम सम्पन्न भयो । जुनबेला दक्षिण एशियामा नेपालले कुल ३१ स्वर्ण सहित दोश्रो स्थान हाशिल गर्न सफल भयो । जसको नेतृत्व(सेफ दि मिशन)को रुपमा उनै दावा गुरुङ्गले गरेका थिए । खेलकुद क्षेत्रमा कुनै राजनिति आस्थाका आधारमा काम नगर्ने राम्रो बानीका कारण आजका दिनसम्म पनि सबै भिन्न राजनिति आस्था बोकेका खेलकर्मीहरु पनि उनको प्यारो र निकट छन । खेलक्षेत्रमा उनि अव्वल ,सवल,सक्षम र सफल भईसकेका छन ।
अव उनको योजना राजनितिमा पनि स्थापित हुदै युवा खेलकुदको सफल नेतृत्व गर्न चाहन्छन । हुन त उनको राजनिति यात्राले पनि करिव सांढे तीन दशक पार गरिसकेको छ,तर उनको नझुक्ने स्वभावका कारण आजका दिनसम्म पनि राज्यको नेतृत्दायी भुमिकामा कहिल्यै आउन सकेनन। मुलुकमा बहुदलिय ब्यवस्था भित्रनु अघि र पछि उनलाई पटक-पटक प्रयोग गरे उनको पुरानो राजनिति पार्टीले तर उनलाई सुहाउदो पदका निम्ति कहिल्यै पार्टीले नसम्झेको दुखेसो पोख्छन करातेका हस्ती दावा गुरुङ्ग । उनको नाम अनुशार कहिल्यैपनि लाभको पदका निम्ति आफुले दावा नगरेको बताउछन । यतिका लामो समयसम्म राजनितिमा पालो कुरिरहेका उनि यस पटक पनि आफ्ना पार्टीले नसमेटिएका कारण उनि यस पटक फरक राजनिति धार सहित आगामी मंशिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको रुपमा प्रस्तुत हुदैछ ।
उनको नयाँ राजनिति पार्टीको नाम हो नागरिक उन्मुक्ती पार्टी,जसको संस्थापक नेतृत्व टिकापुर काण्डका चर्चित युवा ब्यक्तीत्व रेशम चौधरी हुन । उनको जीत समग्र नेपाली युवा खेलकुदको जीत भन्ने बुझाई छ, खेलकुदका हस्ती दावा गुरुङ्ग र आम खेलकर्मीमा । अहिले उनी आफ्नो प्रचार-प्रसारमा मेची-महाकाली अभियानमा लागिपरेका छन र सबै खेलकर्मीलाई अपिल गरिरहेका छन आफ्नो स्लोगान सहित “भोट हालौ ढक्कीमा,खेलकुद हुनेछ लक्कीमा” । मेरो ब्यक्तीगत नजर र उहाँ संग को करिव साँढे तीन दशकको बुझाईमा कुनै पार्टी बिशेष भन्दापनि उहाँ खेलकुदमा अति नै आबश्यक र अपरिहार्य रहेको मैले बुझेको छु । उहाँ जति खेलकुदको योग्य र क्षमतावान ब्यक्ती राज्यको कानुन निर्माण गर्ने स्थानमा पुग्नु भनेको हामी खेलकर्मीका निम्ति गौरवको बिषय बन्ने कुरामा सहमत छु। त्यसैले तपाईलाई राजनिति आस्था भन्दा पनि द्धिग्गज खेलहस्ती हाम्रा कराते सिनियर गुरु नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग लाई हामी करातेकर्मी र खेलकर्मीहरु शुभकामना ब्यक्त गर्दछौ,शुभकामना गुरु हामी खेलकर्मीको तर्फवाट । लेखक,नेपाल सितोरियो कराते संघका प्रवक्ता तथा बरिष्ठ करातेकर्मी हुन ।
(लेखक नेपाल सितोरियो कराते संघका प्रवक्ता एवं खेलकर्मी हुनुहुन्छ )