काठमाडौं । बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । बिहीबार ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ७-० गाेल अन्तरले हराउँदै नेपालले विजयी सुरुआत गरेकाे हाे । नेपाललाई सानदार जित दिलाउन वर्षा ओलीले ४, सुक्रिया मियाले २ र सेनु परियारले १ गोल गरिन् ।
वर्षाले खेलको १, १७ औँ, ३४ औँ, ३५ औँ मिनेटमा गोल गरिन् । सुक्रियाले ६५ र ७२ औँ तथा सेनुले ८५ औँ मिनेटमा गोल गरिन् । जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहेपनि गोलका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । प्रतियाेगितामा नेपालसहित भुटान र बंगलादेश सहभागी छन् ।
प्रतियोगितामा सहभागी टाेलीले डबल राउण्ड रोविन लिगका आधारमा खेलिरहेका छन् । अन्तिममा धेरै अंक जोड्ने टाेली च्याम्पियन बन्नेछ । नेपालले दोस्रो खेल घरेलु टोली बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । भुटानसँग नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा पुन: खेल्ने तालिका छ ।