परिवर्तन र विकासका लागि राप्रपालाई मत दिनुहोस्ः लिङ्देन

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

सिन्धुपाल्चोक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह गरेका छन्। आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो।

सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गरे।

सोही चुनावीसभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आगामी निर्वाचनमा मत दिन आग्रह गरे। उनले संसद्मा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताए। रासस

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *