कांग्रेसी कार्यकर्ताद्वारा दुई पत्रकारमाथि कुटपिट

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको आरोपमा मकवानपुरमा दुईजना पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरि घाईते बताएका छन् । वागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपटि गरि घाईते बनाएको बताइएको छ ।

हेटौँडा उपमहानगरपालिका २ स्थित पल्पसा होटलमा आइतबार राति सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि विवाद गर्दै आक्रमण गरी घाइते बनाएको पत्रकार एलनले बताएका छन् । घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको २०÷२२ जनाको जत्थाले कुटपिट गरेको र पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो ।

महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए । वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात÷अन्तर्घातको समाचार प्रकाशित भएको थियो । मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *