काठमाडौं । हालै जीस्वाँ बचत तथा ऋण सहकारी संस्था लि. ले पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोह्रोखुट्टे काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष कुबेर श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७८/०७९ को कार्यक्रम तथा अनुमानित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ५१ लाख ३ हजार ४ सय रुपैयाँ, जगेडा तथा कोष हिसाब १८ लाख ३३ हजार १ सय २१ रुपैयाँ ४१ पैसा, व्यवस्था हिसाब ५० लाख २ सय ४३ रुपैयाँ ४० पैसा, निक्षेप १ करोड ९९ लाख ४ हजार २ सय ९० रुपैयाँ ६८ पैसा, अन्य दायित्व ८४ हजार ३ सय १७ रुपैयाँ ३३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कुल पूँजी तथा दायित्व २ करोड ७४ लाख २५ हजार ३ सय ७२ रुपैयाँ ८२ पैसाको भएको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।
Facebook Comments Box