लिपुलेकको बिलौनामा लुकेको रास्त्रभक्ती

कला/साहित्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

चार जात छत्तीस बर्णले बनाएको नेपाल ,
तराई,पहाड र हिमालले सजिएको देख्नको लागि बिशाल ।
मदेशमा रहने धोती भन्दै बिहारी देख्ने त्यो पाखे आखा ,
साच्चिकै बिहार,युपि र दिल्लीले चलाउदा चै देशभक्त र रास्त्रबादी देख्ने त्यो आखा कस्तो आँखा ?

पचासौं लाख तिरी खाडी हुदै अफ़्रिकि जङ्गल ,

समुन्द्र अनि अमाजोनको किराहरुको टोकाई हुँदै ,

मेक्सिको हुँदै अमेरिके शरणार्थी हुँदै

नागरिक बन्ने सपनामा पनि देशभक्ति ,वा तेरो आँखा ?

दस बीस लाख नाथे ठान्दै एउटा अस्थाई

बसोबासको लागि तिर्ने अनि बिदेशी पिआरको सपना बुन्दै

भाडा माझ्ने अनि त्यहाँ बसेर नेपालको गाथा गाउने देशभक्ती कस्तो कडा है ?

कहिले अस्ट्रेलियाकान्ड,

कहिले जापान कान्ड बिदेशी तन्नेरी सङ

पैसामा आफ्नो यौन साट्ने ती बिध्यार्थी ,

रत्नपार्कमा लिलाम हुने भन्दा पनि सस्तो भएन र?

कोहि त पैसाकै लागि पनि पोर्न साईटमा काम गर्ने

नायक र नायिकामा पनि लिपुलेकको सम्झना आउँदा बिचरा त्यो लिपुलेक पनि रुदै होला !

पचास सालको हाराहारीमा रहेका पिआर र ग्रीनकार्डधारि हुनु,
उनिहरुसङै आफ्नो छोरी सुताई दिने ,

बिबाहको नाममा बलात्कार गराईदिने आमाबुबा को मुखबाट

लिपु बिलाप सुन्दा छोरिको रास्त्रीयता चै खोज्न मन लाग्यो ।

तोरि लाउरे र तोर्पेको जमातमा उभिएको म त्यो मुर्ख
परदेशमा देशको खोजी गर्दै जादा
हामी हिजो पनि दास थियौ

र आजपनी दास नै छौ, जहिले सम्म मेरो देशले आफ्नो जनताको जीवन रक्षा ,
दैनिकी आवश्यकताको पूरा गर्न सक्दैन घुमाउरो तरिकाले हामी गुलाम नै हौ
यति मात्रै हो को कसरी त्यो दासत्वबाट टाढा छ भन्ने कुरा हो ।

कसैले छोरी बेचेका छन कसैले छोरा यहाँ कोहि अछुतो छैन अझै लिपु बिलौना ?
अस्ट्रेलिया,क्यानेडा,अमेरिकी सुबिधा र नागरिकताको लोभमा
नेताले नदि,नीति र नियत साथै देश नै बेचे त त्यो कुनै नौलो हो र ?

एउटा भिसा पाउदैमा ,

डिभी पर्दैमा वा पिआर पाउदैमा भोज गर्ने जमात मैले नदेखेको हो र ?

फेरि किन लिपु बिलाप !
लिपुलेक खोस्यो भनेर बिलाप र बिलौना किन ?
ती डिभी पाउँदा र पिआर पाउँदा चै नागरिकता खोसिएको पत्तो पाएनन् कि क्या हो ?

एउटा क्यानेडा,अमेरिका वा अस्ट्रेलियाको नागरिक छन भने ,

उमेर ,स्टाटस र ब्याकग्राउन्ड नै नबुझी

रास्ट्रपति लाई नै छोरी सुम्पे जस्तो गर्ने छोरा वा छोरी बेचुवा बुबालाई

लाज लाग्न पर्ने हो ,अझै लिपु बिलाप !

आज रास्त्रभक्ती म गर्दैछु भने भोलि डिभी भर्ने

अग्रपंक्तिमा म नै हुन्छु ,त्यो घं**को रास्त्रभक्ती ?
बिद्द्ता बोकेकालाई रास्त्रीयता भन्ने डोरोले कमै बाध्न सक्छ,

यो देश ,रास्त्रीयता,धर्म,जात र रङ अनि राजनीति भनेको

अफिम जस्तै हो जस्ले पुरै मानवीयतालाई मार्छ ।

यो नशामा म पनि भुलेर परदेशमा देश खोज्दैछु

के नेपाली हुनुमा गर्व मानौ कि अफसोच ?

अझै गाली गर्दैछु धोतिहरुलाई धोबी हान्नुपर्छ र

ध्वस्त बनाउनुपर्छ ,के म चै सहि हु र ?
फोहर,सिसा,कागज टिप्ने बिहारिको नेपालभक्ती

मेरोमा भन्दा गहन छ किनभने उस्को पेट सङ

नेपाल जोडिएको छ फेरि किन बिलौना लिपुलेक को ?

  • रामराजा श्रेष्ठ
    काशिटार, नुवाकोट, नेपाल
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *