कुमारी सेभिङको बिसौं साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. चावहिल काठमाडौंले हालै विसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आगामी कार्यकालको लागि संस्थाको संचालक समितिको अध्यक्षमा राजु दाहाललाई निर्वाचित गरेको छ । धुम्बाराही काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट निवर्तमान अध्यक्ष सूर्य ध्वज न्यौपानेद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा समिति प्रतिवेदन, संस्थाको संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम सम्बन्ध, निर्वाचन सम्बन्ध, आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध कार्यक्षेत्र विस्तार, मर्जर, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *