वैदिक संवत् ५०८९ आरम्भ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

कामाडौं । वैदिक नयाँ वर्ष आरम्भ भएको अवसरमा ऊँ श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रममा शुभकामना आदानप्रदान गर्दै वैदिक संवत्का बारेमा चर्चा गरिायो । द्वापार युगको अन्त्य भई कलियुग आरम्भ भएको ५०८८ वर्ष पुरा भई कलि संवत् ५०५९ शुरु भएको अवसरमा आश्रमका संरक्षक अग्निहोत्री गुरु डा. सीताराम खनालले शुभकामना सन्देश दिनुहुँदै वैदिक संवत्को शुभारभ्म र महत्वका वारेमा प्रकाश पानुभएको थियो । युगहरु मध्ये सबैभन्दा छोटो मानिने कलियुगको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ । जसमध्ये अहिले सम्म ४ हजथार ८८ वर्ष पुरा भएको छ । चलन चल्तिको पात्रो अनुसार २०८० साल मंसीर २७ गतेका दिन वैदिक नववर्ष ५०८९ ऐन्द्राग्नं युगम् १०, इद्वत्सर ४ (चान्द्रःराक्षसः संवत्सर ४९) उदगयनम्, शिशिर ऋतु, तपः मास, शुक्ल प्रतिपदाका दिनबाट वैदिक नयाँ वर्ष ( कलि संवत्सर ५०८९) प्रारम्भ भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *