मंगलबार दिउँसो १ बजे संघीय संसद्‌मा बजेट प्रस्तुत गरिने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्‌मा प्रस्तुत गरिने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतका निम्ति मंगलबार दिउँसो १ बजे संघीय संसद्को  संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए ।

प्रतिपक्षी दलका सांसदको विरोधबीच आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएपछि उनले समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *