पुष्पराज गिरी/
अमेरिका–इजरायल र इरानबीचको बढ्दो सैन्य मुठभेड, र त्यसमा विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्वलाई एउटा यस्तो विन्दुमा पु¥याएको छ, जहाँबाट फर्कने बाटो दिनानुदिन कठिन बन्दै गएको छ । आधुनिक इतिहासको एक अत्यन्तै संवेदनशील र खतरनाक मोडमा उभिएर हेर्दा, आज मध्यपूर्वको आकाश बारुदको धुवाँ र मिसाइलको गर्जनले ढाकिएको छ । वासिङ्टनका कतिपय नीतिगत निर्णयहरूले क्षेत्रीय डढेलोलाई निभाउनुको साटो झन् प्रज्वलित गरिरहेको भान हुन्छ । जब विश्वको एकमात्र ‘सुपर पावर’ कूटनीतिभन्दा बढी युद्धको भाषा बोल्न थाल्छ, तब मानवताका मूल्य र विश्व शान्तिका आधारस्तम्भहरू हलिल्नु स्वाभाविक नै हो । इतिहास साक्षी छ, युद्ध कहिल्यै पनि दीर्घकालीन समाधान हुनै सक्दैन । यो त केवल समस्याहरूको नयाँ र भयावह संस्करण मात्र बन्दै जान्छ । बीसौं शताब्दीका दुई विश्वयुद्धदेखि भियतनामको दलदल, र एक्काइसौं शताब्दीको सुरुवातमै लादिएको इराक र अफगानिस्तानको युद्धले अमेरिका र विश्वलाई के दियो ? खरबौं डलरको बर्बदी र लाखौं निर्दोष मानिसहरुले ज्यान गुमाउन बाध्य हुनुप¥यो र दशकौंसम्म नमेटिने घृणाको बीजारोपा भयो । इरानमाथिको भयानक युद्ध र आक्रमणका कारण मध्यपूर्वमा फैलिएको यो हिंसात्मक लहरले केवल सैन्य अखडाहरू मात्र ध्वस्त पार्ने छैनन्, बरु यसले दशौँ लाख मानिसको भविष्यलाई अन्धकारमा धकेलिदिनेछ । युद्धको त्रासले गर्दा आज हजारौं परिवारहरू विस्थापित भएका छन् । साना बालबालिकाहरूको शिक्षा खोसिएको छ र अस्पतालहरू घाइतेहरूको चित्कारले भरिएका छन् । जब मानवअधिकारका ठूला कुरा गर्ने लोकतान्त्रिक राष्ट्रहरू नै बम र मिसाइलको सहारा लिन पुग्छन्, तब अन्तर्राष्ट्रिय कानुन, नैतिकताको धज्जी उड्छ ।
अमेरिकाः महाशक्ति कि शान्तिदूत ?
संयुक्त राज्य अमेरिकाको विश्वमञ्चमा एउटा विशिष्ट र अपरिहार्य स्थान छ । आर्थिक, सैन्य र राजनीतिक रूपमा सबल हुनुको अर्थ केवल अरूमाथि प्रभुत्व जमाउनु वा हतियारको प्रदर्शन गर्नु मात्र होइन, बरु विश्वमा न्याय, सन्तुलन र शान्ति कायम गर्ने गहन जिम्मेवारी वहन गर्नु पनि हो । तर, हालको समयमा ह्वाइट हाउसले लिएको आक्रामक रणनीतिले अमेरिकालाई शान्तिदूत भन्दा पनि युद्धको पक्षधरका रूपमा चित्रण गर्न थालिएको छ । अमेरिकी राष्ट्रपति र प्रशासनले यो गम्भीर सत्य बुझ्न जरुरी छ कि युद्धको बाटोले केवल विनाश निम्त्याउँछ । एक महाशक्ति राष्ट्रलाई युद्ध र आक्रोश कदापि सुहाउँदैन । उसको उचाइ तब देखिन्छ जब उसले दुई दुश्मन राष्ट्रलाई वार्ताको टेबुलमा ल्याएर युद्ध रोक्न सक्छ । इरान र इजरायलको द्वन्द्वमा तेल थप्नुभन्दा, त्यसलाई शीतलता प्रदान गर्नु नै वासिङ्टनको वास्तविक सामथ्र्यको परिचय हुनेछ । विगतका केही वर्षहरूमा भएका कूटनीतिक असफलताहरूले आजको यो भयावह स्थिति सिर्जना गरेको हो । सन् २०१५ को इरान परमाण सम्झौता (JCPOA) बाट अमेरिका पछि हट्नु एक ऐतिहासिक रणनीतिक भूल थियो । त्यसले विश्वासको वातावरणलाई भत्काइदियो र दुवै पक्षलाई पुनः सैन्यीकरणको बाटोमा डो¥यायो । आज जब इजरायल र इरान आमनेसामने छन्, अमेरिकाले केवल एउटा पक्षको रक्षा गर्ने मात्र होइन, बरु सम्पूर्ण क्षेत्रको सुरक्षाको बारेमा सोच्नुपर्छ । युद्धमा संलग्न हुनु भनेको हिंसाको अन्त्यहिन यात्रामा अग्रसर हुनु हो, जसको भयानक र दीर्घकालीन परिणामलाई कसैले नियन्त्रण गर्न सक्ने छैन । मध्यपूर्वमा शान्ति स्थापना गर्न इरानको वैध सुरक्षा चासोहरूलाई सम्बोधन गर्नु र इजरायलको अस्तित्वको सुरक्षा सुनिश्चित् गर्नु दुवै कूटनीतिको हिस्सा हुनुपर्छ ।
इन्धनको सङ्कट र आर्थिक प्रभाव
मध्यपूर्वमा हुने सानो हलचलले पनि विश्वको भान्छा र बजारलाई प्रत्यक्ष असर गर्छ । यदि यो द्वन्द्व पूर्णकालीन युद्धमा परिणत भयो भने, विश्वले यस्तो आर्थिक मन्दीको सामना गर्नुपर्नेछ, जसको कल्पना पनि गर्न सकिँदैन । इन्धनको सङ्कट हर्मुज जलसन्धि ९क्तचबष्त या ज्यचmगश०, जहाँबाट विश्वको झन्डै २०५ तेल आपूर्ति हुँदैआएको छ । यस्तो अति संवेदनशील क्षेत्र युद्धको चपेटामा प¥यो भने तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्न सक्छ । यसले गर्दा गरिब र विकासोन्मुख राष्ट्रहरूमा भोकमरी र नागरिक विद्रोह निम्त्याउन सक्छ । यसको प्रारम्भिक असर थुप्रै देशहरुमा देखिन थालिसकेको छ । ढुवानी भाडा बढ्दा खाद्यान्न र औषधिको मूल्य आकाशिन सक्छ, जसले गर्दा विश्वको आधा जनसंख्यालाई जीवन निर्वाह गर्न कठिन हुनेछ । अमेरिका र अन्य शक्ति राष्ट्रहरूले शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने बजेट बम र मिसाइलमा खर्च गरिरहेका छन् । यो मानवता विरुद्धको आर्थिक अपराध हो ।
मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको उपहास
युद्धमा हरेक पटक मिसाइल प्रहार हुँदा केवल कंक्रिटका पर्खालहरू मात्र ढल्दैनन्, बरु जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्र संघको बडापत्रका अक्षरहरू पनि रगतले लतपत्तिन्छन् । जब अस्पताल र विद्यालयहरू निशानामा परेर ध्वस्त पारिन्छन्, तब हामी कुन सभ्यताको कुरा गर्दैछौं ? अमेरिका जस्तो देशले आफूलाई अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था (Rules-based International Order) को संरक्षक मान्छ । तर, जब आफ्नै रणनीतिले हजारौं निर्दोषको ज्यान जान्छ, तब ती नियमहरू केवल कमजोर राष्ट्रहरूलाई तह लगाउने हतियार मात्र सावित भएका देखिन्छन् । इरानका सामान्य नागरिक, जो महँगी र दमनको चपेटामा छन्, उनीहरूका लागि युद्ध अर्को एउटा कालको रूपमा आएको छ । हामीले हाम्रा सन्तानलाई कस्तो संसार छोडेर जाने ? बारुदको गन्ध आएको र रगतले लतपत्तिएको धर्ती, कि हरियाली र शान्ति छाएको संसार ? युद्धको उन्मादमा लाग्ने नेताहरूले ती अबोध बालबालिकाहरूको अनुहार हेर्नुपर्छ जो कुनै पनि दोष बिना यो हिंसाको सिकार भइरहेका छन् । शान्ति केवल युद्धको अनुपस्थिति होइन, यो न्याय र सहअस्तित्वको उपस्थिति हो । जबसम्म विश्वमा एउटा राष्ट्रले अर्को राष्ट्रलाई पूर्णतः समाप्त पार्ने सोच राख्छ, तबसम्म शान्ति दिगो हुँदैन । तर अन्याय सच्याउने नाममा अर्को ठूलो अन्याय गर्नु आत्मघाती कदम मात्र हो ।
कूटनीतिको पुनरुत्थान र अमेरिकाको आगामी भूमिका
वर्तमान विश्व राजनीतिमा देखिएका जटिलताहरूलाई चिर्दै कूटनीतिलाई पुनर्जीवित गर्नु अबको मुख्य आवश्यकता हो । अमेरिकाले आफ्नो ‘सुपरपावर’ को विरासत कायम राख्न अबको बाटो चुनौतीपूर्ण भए पनि असम्भव भने छैन । यसका लागि अमेरिकाले सर्वप्रथम विश्वका विभिन्न क्षेत्रमा जारी सैन्य द्वन्द्वहरूलाई रोक्न निर्णायक भूमिका खेल्दै तत्काल युद्धविरामका लागि सम्बन्धित पक्षहरूलाई उचित दबाब र प्रोत्साहन दिनु आवश्यक देखिन्छ । शान्ति स्थापनाको प्रक्रियामा एक्लै अघि बढ्नुभन्दा चीन, युरोपेली संघ र अन्य क्षेत्रीय शक्तिहरूलाई समेटेर एउटा साझा र मजबुत बहुपक्षीय सुरक्षा संरचना निर्माण गर्नु बुद्धिमानी हुनेछ । यसले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको वातावरण सिर्जना गर्नेछ । यसका साथै, युद्धले थलिएका क्षेत्रहरूमा मानवीय संवेदनालाई केन्द्रमा राख्दै तत्काल औषधि र खाद्यान्न जस्ता मानवीय सहायता पु¥याउनु अमेरिकाको नैतिक जिम्मेवारी पनि हो । विश्वलाई परमाण शस्त्रको डरबाट मुक्त राख्न इरानसँगको वार्तालाई पुनःजीवित तुल्याउनु र क्षेत्रीय स्तरमा बढ्दो हतियारको दौडलाई नियन्त्रण गर्नु अनिवार्य छ । यसरी सैन्य शक्तिको सट्टा कूटनीतिक कौशल र सहकार्यको मार्ग अपनाउँदा मात्र अमेरिकाले आफ्नो विश्वव्यापी नेतृत्वलाई पुनः पुष्टि गर्न सक्नेछ ।
निष्कर्ष : मानवताको सामूहिक आह्वान
युद्धले कसैको पनि भलो गर्दैन । यसले केवल विजेताको दम्भ र पराजितको चित्कार मात्र छोडेर जान्छ । आजको आवश्यकता एउटा यस्तो विश्वको हो जहाँ कुनै पनि बालबालिकाले आकाशबाट खस्ने बमको डरले आँखा चिम्लनु नपरोस् । जहाँ मानवअधिकार केवल ठूला सेमिनारका विषय नभई हरेक व्यक्तिको नैसर्गिक अधिकार बनोस् । संयुक्त राज्य अमेरिकाले आफ्नो नीतिमा आमूल परिवर्तन गर्दै युद्ध होइन, केवल शान्तिको नारालाई व्यवहारमा उतार्नुपर्छ । मध्यपूर्वको यो आगोलाई थप दन्काउनु भन्दा पनि यसलाई निभाउन कूटनीतिको उच्चतम कौशल प्रदर्शन गर्नु नै अमेरिकी महानताको कसी हुनेछ । विश्व शान्ति केवल एउटा सुन्दर सपना मात्र होइन, यो मानव सभ्यताको अस्तित्व रक्षाको अन्तिम र अनिवार्य सर्त हो । समय अझै हातबाट फुत्किसकेको छैन । बन्दुकका नालहरू तल झारौं, मिसाइलका स्विचहरू बन्द गरौं र संवादका हातहरू अगाडि बढाऔं । विश्वले युद्ध होइन, केवल शान्ति र मानवताको पक्षमा उभिएको महाशक्ति र शान्त मध्यपूर्व हेर्न चाहेको छ ।
