काठमाडौं । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको पहलमा आयोजना भएको ‘अल नेपाल एकल कमेडी सो’ शनिबार राजधानीको जमल स्थित नाचघरमा बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई बिशेष सम्मान गरिएको छ ।
आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उव्देश्यले स्मृतीकोषको निर्माण थालनी भएको कलाकार गणेश इसाराले बताए । सफल महिला उद्यमी तथा बरिष्ठ समाजसेवि सुमित्रा वस्नेतको प्रखुख आतिथ्यतामा सम्पन्न कार्यक्रम एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको हो । कार्यक्रममा गायिका पार्बती राई, हास्यकलाकार रोहित कार्की, गायक बिक्रम राई, ज्वाला राई, रश्मि राई, विषम आचार्य, सोनु निरौला, दिपक तामाङ लगायतका लोकप्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो भने स्रष्टा अमर वान्तु रचित सातवटा गीत मनिष राईको एकल कोरियोग्राफीमा प्रस्तुत गरिएको थियो ।
Facebook Comments Box