प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बहिस्कार गरेको हो ।
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अर्थमन्त्री शर्मामाथि खनिएका थिए । संसदमा बोल्दै उनले ‘गद्दार’ भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाएका छन् । भट्टराईले ‘बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धारीको विषयमा हामी बोलिरहेका छौं’ भनेका थिए ।
उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए । यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गर्दै संसदबाट बाहिरियो ।
Facebook Comments Box