नवनिर्वाचित NRNA ICC का उपाध्यक्ष जुनु गुरुङ र केन्द्रीय सदस्य महेश बजगाईंलाई भब्य सम्मान

समाचार सम्पादकीय

भावना कार्की

सोल, दक्षिण कोरिया ।

गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाले हालै सम्पन्न विशेष सम्मान कार्यक्रममार्फत नवनिर्वाचित NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का उपाध्यक्ष जुनु गुरुङ र केन्द्रीय सदस्य महेश बजगाईंलाई सम्मान गरेको छ।

समारोहको आयोजना दक्षिण कोरियास्थित NRNA राष्ट्रिय समन्वय परिषद् (NCC) मार्फत गरिएको हो। कार्यक्रममा संघका पदाधिकारी, नेपाली समुदायका प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका अगुवाहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सम्मानित उपाध्यक्ष जुनु गुरुङले विश्वभर फैलिएका नेपालीहरूको हकहित र एकताको लागि काम गर्न आफू प्रतिबद्ध रहेको बताइन्। केन्द्रीय सदस्य महेश बजगाईंले पनि आफ्नो कार्यकालमा प्रवासी नेपालीहरूको आवाज बुलन्द गर्न र नेपाली पहिचानको संरक्षण गर्न सक्दो योगदान दिने प्रतिवद्धता जनाए।

NRNA दक्षिण कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङ ले सम्मानित पदाधिकारीहरूलाई बधाई दिंदै, यस्ता कार्यक्रमहरूले प्रवासी नेपालीबीचको सहकार्य र आपसी सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

Facebook Comments Box