अशिमका दुई रचनाहरु

कला/साहित्य समाचार
अशिम सुनुवार
पारी गाउँमा भाले बास्यो……

पारी गाउँमा भाले बास्यो, वारी वनमा न्याउली
डाँडा काँडा पखेरुमा नाच्दै सानी आउली
हिमालको हिउँ शिर झै मुसूमुसू हाँसी
एउटा साउती मार्छु भन्छिन्, अँगालोमा टाँसी
वनको चरीले फिजाउला खवर
भगाई लैजाने कुन होला शहर ।

गुरास झै फक्री सक्यो, यौवनको फूल
वसन्तले छुटाई दिन्छ, नफुल्नाको भूल
फुल्नै पर्छ ऋतु अनुसार फुलै बनेर
शिशिर याममा फुल्नै गरो गुलाब बनेर
वनको चरीले फिजाउला खबर
भगाई लैजाने कुन होला शहर ।

आँखी भौँको छेउमै बसी, दुनियाँलाई हेर्छु
पराई घरले नजरलाए, काँडेतारले घेर्छु
सानी मेरी मुटु बनी छातीभित्र बस्छिन्
मनलाई सुख खुसी मिल्ने मिठा कुरा गर्छिन
वनको चरीले फिजाउका ….।

किन किन तिम्रो

किन किन तिम्रो याद आईरहन्छ
मनमा सारै घिटो घिटो लाईरहन्छ

दुःख परी तिमिलाई म चाहियोकी ?
मलाई छाडी सुख पाउँदा खुसी भयौकी ?
किन किन तिम्रो याद….

तिम्रो माया मिठो बनी आउँछ मनमा
तिमी चाहिँ रमी रहेयौ आफ्नो पनमा
किन किन तिम्रो याद …

Facebook Comments Box