काठमाडौँ, १ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नुभएको हो । “आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण (प्रवेश) गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ,” शुभकामना सन्देशमा भनिएको छ, “आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना !!”
Facebook Comments Box
