काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आतंकवादका विरुद्धमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कांग्रेस आतंकवादको विरुद्धमा उभिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
“हामी सँधै आतंकवादको विपक्षमा उभिन्छौं। हाम्रो बैठकबाट पनि त्यही साझा धारणा निर्माण भएको छ,” डा. महतले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैं भने, “आतंकवाद विश्वकै साझा मुद्दा भएकाले त्यसका विरुद्ध उभिनु सबैको कर्तव्य हो । भारत र पाकिस्तानको द्वन्द्वले युद्धको परिस्थिति नल्याओस् भन्ने पक्षमा छौँ ।”
Facebook Comments Box
