काठमाडौं । ११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२५, आगामि जेठ महिनाको २ देखि ५ गतेसम्म सातदोबाटो स्थित खेल परिसरमा हुने भएको छ । प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, भुटान लगायत देशबाट कराते खेलाडि सहभागी हुने तथा अन्य विभिन्न देशका प्रतिनिधि सहभागी रहने नेपाल सितोरियो कराते संघका प्रवक्त एवं कार्यक्रम संयोजक गजेन्द्रबहादुर खपांगी ‘ईश्वर’ले जानकारी दिनुभयो । प्रतियोगता नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्साले आयोजना गर्न लागेको हो । शाखा डोजोले आफ्नो वार्षिक उत्सवको अवसर पारेर नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघको तत्वावधानमा हरेक वर्ष निरन्तर रुपमा अन्तर्राष्ट्रिय सगरमाथा कराते प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताको बारेमा बताउँदै कार्यक्रम संयोजक खपांगीले प्रतियोगिताले क्षमता,योग्यता,अनुभव र दक्ष भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति राम्रो माध्यम र गतिलो प्लेटफर्म सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
Facebook Comments Box
