प्रथम नुवाकोट हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न

खेलकुद

नुवाकोट । प्रजातन्त्र दिवसको अवसरमा नुवाकोट एथलेटिक्स क्लबद्वारा आयोजित तथा बागमती प्रदेश खेलकुद बिकास परिषद सहकार्यमा प्रथम नुवाकोट हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौड प्रतियोगितामा लुम्बिनी प्रदेशका १ घन्टा १७ मिनेट ५३ सेकेन्ड समय साथ अजय पाण्डे प्रथम, १ घन्टा १९ मिनेट ५२ सेकेन्ड साथ ताप्लेजुङका रमेश लिम्बु दितिय, १ घन्टा २० मिनेट १० सेकेन्डमा दौड पुरा गर्दै सोलुखुम्बुका लोकेन्द्र राई तृतीय हुन सफल भए । त्यस्तै १० कि.मि खुल्ला महिला तर्फ पाँचथर कि पुष्पा शेर्पा लिम्बु प्रथम, सिन्धुलीकि मन्जु सुनुवार दितिय र नुवाकोट एथलेटिक्स क्लबकि सोनु घतानि तृतीय भएका छन् । यस्तै ५० वर्ष माथि भेटान्स काठमाडौं रेवत दाहाल दाङ भिम बहादुर गुरुङ लमजुङ राजु भण्डारी छात्र तर्फ ब्राईट होराईजन चिल्ड्रेन स्कुल चन्दागिरि हस्त सुनार भोटेनाम्लाङ्ग मा.बि सिन्धुपाल्चोक सन्दीप तामाङ श्रीकृष्ण मा.बि चागुनारायण नगरपालिका बिकास कार्की र छात्रा तर्फ उक्त मा.बि प्रनिशा कार्की वर्ल्ड युथ ईन्टरनेशन ऎकेडेमि सुजिना रामदाम र्श्री जगत प्रकाश जङ्ग शाह सस्कृत नुवाकोट सेविका प्याकुरेल स्थानीय जिल्ला तर्फ शिवपुरी गाउपालिका ३ हरिचन्द तामाङ बिदुर नगरपालिका १ मनिष श्रेष्ठ सोहि पालिका ७ का रोशन तामाङ प्रथम दितिय तृतीय हुन सफल भए । सम्पूर्ण बिजेताहरुलाई कार्यक्रम प्रमुख अतिथि क्लबका सल्लाहकार वरिष्ठ साहित्यकार एवं नुवाकोट आदर्श बहुमुखी क्याम्पस अध्यक्ष समाजसेवी श्रीराम श्रेष्ठले सम्पूर्ण बिजेताहरुलाई मेडल प्रमाणपत्र नगद पुरस्कार प्रदान गर्नुभयो । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बटारबाट सुरु भएको दौड बिदुर ढुंगे त्रिशुली हुँदै सोही रुट फिर्ता बटार बजार गगटे माझिटार पिपलटार देबिघाट हुँदै पुनः क्याम्पस आएर समापन भएको थियो ।

Facebook Comments Box