मेरो मत समग्र मुलुक,युवा र खेलकुद समृद्धीका निम्ति – खपाङ्गी

प्रदेश २
खवर पाटी (खोज खबरको अभियान)

नेपाल सितोरियो कराते संघका प्रवक्ता तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष एवम बरिष्ठ खेलकर्मी अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले सर्लाही क्षेत्र नं-१,अन्तर्गत आधारभुत बिधालय कटरहरबोट बाट आज सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका निम्ति मतदान गरेका छन । आफ्नो मतदान मुलुकमा दिगो समृद्धी र संबिधान रक्षार्थका साथै समग्र युवा र खेलाडीहरुका उज्वल भविष्य खेलकुदमय राष्ट्र निर्माणका निम्ति रहेको खपाङ्गी ले फेशबुक स्टाटसमा लेख्नुभएको छ । खपाङ्गी लामो समय देखि खेलकुद क्षेत्रमा निरन्तर लागिरहेको र परिवर्तनमय खेलकुद निर्माणका निम्ति अहोरात्र खटिरहनु भएको खेल नेतृत्वको रुपमा परिचित छन।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *