काठमाडौं । मोडलिङ क्षेत्रमा रोहित जोशीको निरन्तरता चलिरहेको छ । जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै उनले यो सफलता हासिल गरेका हुन् । उनी मोडलिङ क्षेत्रमा मात्र सिमित रहेका छैनन् । चलचित्र निर्माणको तयारीमा समेत जुटेका छन् । मोडलिङ सँगसँगै अभिनय, ब्यबसाय, समाज सेवा लगायतमा पनि संलग्न रहेको छ जोशीको पछिल्लो म्युजिक भिडियो ‘भुल्न कति गाह्रो’ सार्वजनिक भएको छ । बाल्यकाल देखि नै नृत्य तथा अभिनयमा औधी रुची भएका नायक, मोडल रोहित जोशी यो भिडियोमा भावुक अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा मुना भूर्तेल, स्वता श्रेष्ठ, कुमार जोशी, कुष्ण अधिकारी आदिले साथ दिएका छन् । शब्द, संगीत र स्वर दिवान किरणको भिडियो बिवेक बिकले खिचेको हुन् भने दिवान किरणको निर्देशन रहेको छ ।
Facebook Comments Box