नुवाकोट कांग्रेसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । नेपाली काँग्रेस नुवाकोट संगठन विभागको आयोजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा २२ जना रक्तदाताले रक्तदान गरेको पार्टीका सचिव तथा सङ्गठन बिभागका प्रमुख श्रीराम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले दीर्घरोगी र दुर्घटनामा परेका बिरामीलाई रगत बढी नै आवश्यक पर्ने रक्तदानबाट संकलित रगतले ठुलो सहयोग पुग्ने बताए । रगत उत्पादन गर्न नसकिने हुँदा रक्तदान नै जीवनदान भन्ने नाराले सार्थक मिलेको उहाँको भनाई थियो । उपसभापति राजु थापाले राजनैतिक पार्टीको नेतृत्वमा भएको रक्तदान कार्यक्रमले समाजमा सकरात्मक सन्देश जाने उल्लेख गरे । संगठन विभागका प्रमुख तथा सूचिव श्रीराम श्रेष्ठले रक्तदान कार्यक्रम जिल्ला हुँदै वडासम्म आयोजना गरिने जानकारी दिए । कार्यक्रममा प्रवक्ता नाराणप्रसाद अधिकारी, महासमिति सदस्य गीता अमात्य, रेडक्रशका सभापति हरि श्रेष्ठ, स्ववियु सभापतिद्वय रविन दाहाल, किरण मग्रान्ति, ट्रेडयुनियन कांग्रेसका उपाध्यक्ष रामराजा बोगटी लगायतले आफ्नो धारणा राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *