गंगादेवी पशु फार्ममा कोदालोले प्रहार गरी ५ जनाको हत्या

खवर पाटी (खोज खबरको अभियान)

रुपन्देही, जेठ २७ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा ५ जनाको गत राति हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले हत्या किन/कसरी भएको भन्ने विस्तृत विवरण आउन बाँकी छ ।

पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताए ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी रहेका छन् । उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।

Facebook Comments Box