वडा प्रहरी कार्यालय नारायणघाटको चरम लापरबाही

खवर पाटी (खोज खबरको अभियान)

गैंडाकोट । चितवन भरतपुर महानगरपालिकाको पुलचोक स्थित वडा प्रहरी कार्यालय नारायणघाटले चरम लापरबाही गरेको छ ।

कोरोनाको लक्षण देखिएपछि चेकजाच नगरी उक्त कार्यलयमा कार्यरत एक जना जिम्मेबारी पोष्ट का प्रहरीलाई कोरोना पोजेटिभ देखीएकोमा नीजलाई प्रहरी प्रमूखले घर गएर बस्नु भनेर आदेश दिएको र उक्त पोजेटिभ ब्याक्ती गैडाकोट वडा नम्बर २ स्थित आफनो निबासमा बसेको र बसाइको क्रममा आफन्तको घर खाना खाने र साथिभाई लाई भेट गर्दै हिँडेको थाहा हुन आएकोले नीजलाई इलाका प्रहरी कार्यालय गैडाकोटको सहयोगमा हिजो मात्र आईसोलेसनमा पठाउन सफल भएका छौ।

उक्त ठाउँमा झण्डै १० घरलाई सिल गर्न बाध्य भएका छौ। समुदायमा सबै त्रसित भयका छन। यस्तो जटिल अबस्थामा भोलि हुन सक्ने महामारीको जिम्मेबारको सम्बन्धीत निकायको ध्यान जावोस् भन्दै नेकपाका नेता तथा गैडाकोट दुइका वडा अध्यक्ष ध्रुब पौडेलले आफ्नो फेसबुकवालमा लेखि प्रहरीको गम्भीर लापरवाही भएको बताएका छन।

Facebook Comments Box