वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको रुपन्देही शाखा गठन

प्रदेश ५
खवर पाटी (खोज खबरको अभियान)

रुपन्देही । समाजसेवी विनजंग बस्नेतले नेतृत्व गरिरहेको वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको रुपन्देही जिल्ला शाखा गठन भएको छ । नवगठित समितिमा रेखा चौधरी संयोजक तथा दिनेश भुषाल, गणेशप्रसाद शर्मा, कमल चौधरी, प्रकाश चौधरी र भविश्वर गैरे सदस्य रहेका छन् । शुक्रबार रुपन्देहीको सैनामैना नगरपालिका वार्ड र्न ४, लुम्बिनी रोडमा औपचारिक रुपमा केन्द्रीय अध्यक्ष विनयजंग बस्नेतले जिल्ला समिति गठन गरेका थिए । वेवारिसे शव दाहसंस्कार एवं अलपत्र नागरिकहरुको उद्दार र व्यवस्थापनमा सक्रिय रहेको संस्था वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र, एक्सन फर सोसियल चेन्जको नेतृत्वमा ‘बा आमा घर आश्रम’ सञ्चालन अभियानकै रुपमा अगाढि बढाउँदै देशभर ५२ जिल्लामा शाखा समेत गठन भइसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *