हसना भास्तिपुर साकोसको चौधौं वार्षिकोत्सव सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको चौधौं वार्षिककोत्वस मनाएको छ । शनिवार एक बृहत कार्यक्रम गरि चौधवर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो । बलम्बु चन्द्रागिरि काठमाडौंमा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा चन्द्रागिरि न.पा. १२ नं. वडाध्यक्ष न्हुच्छे बहादुर महर्जन प्रमुख अतिथि, नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरु विशिष्ठ अतिथि रहेका थिए भने कास्कुन अध्यक्ष मनोज थापा मगर, खुसि खुसि साकोस चन्द्रागिरिका अध्यक्ष बटुकृष्ण थापा, चन्द्रागिरि न.पा. सहकारी प्रमुख राजु खड्का सहकारी अभियन्ता लगायतका व्यक्तित्वहरु अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा चौधौं वार्षिकोत्सवको अवसरमा संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रम अन्तरगत चम्चा दौड प्रतियोगिता, म्युजिकल चियर प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकाहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने ४ दिन सम्म भएको स्वास्थ्य शिविरमा सकृय भूमिका निभाएका डाक्टर, नर्स, स्वाथ्यकर्मीहरुलाई प्रमाणपत्र प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाको जेष्ठ नागरिक क्लवका ११ जना संयोजकलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्वमा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा सहकारीकर्मीहरु संस्थासँग आवद्ध कारोवारीहरु, महिला समूह, पत्रकार समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *