तपाइ हाम्रो बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । तपाइ हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ले हालै पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जावलाखेल ललितपुरमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष डा. गोपालभक्त माथेमाद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, वासलात हिसाब, आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध, लाभांश वितरण सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थाको कार्यक्षेत्र विस्तार सम्बन्ध, व्याजदर सम्बन्ध, लेखा समितिको प्रतिवेदन पारित सम्बन्ध, संस्थाको आ.व. २०७९/०८० को वार्षिक कार्यक्रम सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ४६ लाख ९८ हजार ५ सय रुपैयाँ, जगेडा तथा कोषहरु ४९ लाख ११ हजार २ सय ४ रुपैयाँ ६० पैसा, निक्षेप दायित्व ८ करोड २ लाख ८० हजार १ सय २१ रुपैयाँ २९ पैसा, अन्य दायित्व ८५ लाख ५८ हजार ६ सय ६८ रुपैयाँ ९२ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल दायित्व १० करोड ८४ लाख ४८ हजार ४ सय ९४ रुपैयाँ ८१ पैसाको भएको छ । साथै साधारण सभाले संस्थाको सल्लाहकार कानुनी सल्लाहकार समेतलाई नियुक्ती गरेको छ । त्यसैगरि अन्य विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *