काठमाडौं । हालै सामुदासयिक बचत तथा ऋण सहकारी संस्था लि. ले छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कालिमाटी काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष उद्धव देव उपाध्यायद्वारा प्रस्तुत संस्थाको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, विनियम संशोधन सम्बन्ध, संचालक, लेखा तथा अन्य उपसमितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९/०८० को नीती तथा कार्यक्रम सम्बन्ध, संस्था एकीकरण तथा सेवा केन्द्र बिस्तार सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
त्यसैगरि साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ८ करोड ५० लाख ८६ हजार ३ सय रुपैयाँ, जगेडा तथा कोषहरु ३ करोड ९४ लाख ९५ हजार २ सय ४५ रुपैयाँ ३ पैसा, आयकर व्यवस्था १७ लाख ३८ हजार २ सय १९ रुपैयाँ, निक्षेप दायित्व ६० करोड ६ लाख ८ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा, कर्जा सापटी २० करोड ६६ लाख ५७ हजार ६ सय ६५ रुपैयाँ, अन्य दायित्व तथा व्यवस्था ५ करोड २२ लाख ७७ हजार ३ सय ४२ रुपैयाँ ३० पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार ९८ करोड १२ लाख ८५ हजार ७ सय ४३ रुपैयाँ ११ पैसाको भएको छ । त्यसैगरि साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।