एस.एल.सी. व्याच २०४९ को विद्यार्थी मिलन कार्यक्रम हुँदै

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामी पुष १ र २ गते श्री गौरी शंकर मा.वि. निजगढ बारा एस.एल.सी व्याच २०४९ का पूर्व विद्यार्थीहरुको मित्र मिलन कार्यक्रम हुने भएको छ ।
चित्लाङ मकवानपुरमा हुने सो कार्यक्रममा काठमाडौं मकवानपुर, बारा लगायतका जिल्लाहरुबाट आई २०४९ एस.एल.सी व्याचका विद्यार्थीहरुले भेटघाट गर्ने भएका हुन् । भेटघाटमा साथी साथीत्वको प्रगाढता हार्दिकताको शुभकामना आदानप्रदान गर्ने भएको छ भने विविध प्रकारको रमाइलो गरि हार्दिकता साटासाट गरिने कार्यक्रमका संयोजक विजय दवाडीले जानकारी दिए । वर्ष भरिमा पनि विरलै भेटघाट हुने भएकोले साथीत्व स्थायित्वको लागि वार्षिक रुपमै मित्र मिलन कार्यक्रम हुने गरेको संयोजक दवाडीले बताएका छन् । २०४९ सालमा एस.एल.सी दिए पछि सो व्याचका विद्यार्थीहरुले देश भरिनै आ–आफ्नो दक्षता प्रदर्शन गरि जवाफ देहिताका साथ काम गरिरहेका छन् । सो व्याचका विद्यार्थीहरु शिक्षा, स्वस्थ्य, कानुन, व्यापार, व्यवसाय, उद्योग, संचार, खेलकुद, कला, कृषी लगायत क्षेत्रमा रहेर मुलुकको सेवा गरिरहेका छन् भने आवश्यक्ता अनुसार सामाजिक, आर्थिक, भौतिक योगदान समेत दिइ सेवा प्रदान गर्दै आइरहेको संयोजक दवाडीले जानकारी दिए । दुई दिन सम्म हुने सो मित्र मिलन कार्यक्रमको तयारी पूरा भइसकेको हुनाले सो व्याचका सम्पूर्ण विद्यार्थीहरुसँग भेटघाट हुने विश्वास गरिएको छ । हार्दिकता साटासाट गर्ने भएपछि हाल सम्पर्कमा रहेका सो व्याचको विद्यार्थीहरुमा उत्साह, रौनकता बढेर गएको र मित्र मिलन कार्यक्रम सफल पार्नलाई सक्रिय रहेको संयोजकले जानकारी दिएका छन् । त्यसैगरि कार्यक्रमको बारे थप जानकारी लिनु परे विजय दवाडीे मोबाइल नं. ९८५१०८११५० काठमाडौं र ९८५५०७००१४ दिपक दहाल हेटौडालाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *