काठमाडौं क्षेत्र नं. ९ मा डा. ज्ञान बस्नेतको चर्चा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामी मंसीर ४ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं ९को प्रतिनिसभा सदस्यको प्रत्यक्षतर्फ डा. ज्ञान बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बस्नेत माछा चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिदैंछन् । विभिन्न राजनीतिक दलको कडा प्रतिष्पर्धा हुने काठमाडौं क्षेत्र नं ९ को प्रतिष्पर्धीहरुका बीच डा. बस्नेतको पनि निकै चर्चा भइरहेको छ । उनी जनतामाझ भिजेको, विकासप्रेमी र जनताको भावनालाई बुझ्ने व्यक्ति भएकाले उनको उम्मेदवारीको यतिबेला चर्चा भइरहेको छ । स्वतन्त्र उम्मेदवारी दिएसँगै बस्नेतले आफुुलाई बालेन शाह जस्तै जनताले बिजयी गराउने प्रतिक्रिया दिए । बेलायतबाट कानूनको विषयमा विद्यावारिधी गरेका बस्नेतले आफ्नो उम्मेदवारी रहरले नभई विद्यमान राजनीतिक, आर्थिक समस्याबाट सिर्जना हुन पुगेको मुलुकको परिस्थिति आवश्यकताले स्वतन्त्र उम्मेदवार बनेको दावीसमेत गरे ।

डा.ज्ञान बस्नेतले संस्कारको राजनीतिको वकालत र सुुत्रपातको लागि, राष्ट्रिय स्वाधिनताको रक्षाको लागि, युुवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि, राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्नकालागि, दण्डहिनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरोधमा, यो उम्मेदवारी दलिय सिष्टमको विरुद्धमा पटक्कै हैन, तर हाम्रोमा दलीयतन्त्रले उत्पन्न गरेको भयावह राजनीतिक विकृति र भागवण्डाको विरुद्धमा समेत आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् । ‘अब हाम्रो परिभाषा हामी आफै लेख्नुुपर्छ, हाम्रो साझा सपनाहरु हामी आफै तय गर्नुुपर्छ’ यहि प्रमुुख नारा उनले मतदाता माझ राखेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *