काठमाडौं । हालै सम्पन्न दरबार स्क्वायर बहुउद्देशयीय सहकारी संस्था लि. को चौधौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि पुनः सुरेशलाल शाक्यलाई संचालक समितिको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । क्षेत्रपाटी काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा रामेश्वर राजभण्डारी तथा सदस्यहरुमा जीवन केन्द्र श्रेष्ठ, निमेश मान श्रेष्ठ, दिनेश श्रेष्ठ, रुकेश ताम्राकार तथा प्रकाश महर्जनलाई निर्वाचित गरेको छ । त्यसैगरी साधारण सभाले लेखा संयोजकमा अमिर कृष्ण न्हुछे प्रधानलाई चयन गरेको छ भने सदस्यहरुमा उमेश कपाली र बिन्दु महर्जनलाई चयन गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयर पूँजी ८२ लाख १४ हजार रुपैयाँ, जगेडा कोष १ करोड ११ लाख ६४ हजार ७ सय ५१ रुपैयाँ, बैधानिक तथा अन्य कोषहरु ४२ लाख ५२ हजार ९ सय ५७ रुपैयाँ, बचत तथा निक्षेप दायित्व ९ करोड १० लाख ६३ हजार ८ सय ६० रुपैयाँ, चालु दायित्व तथा व्यवस्था २४ लाख १४ हजार ५ सय ६७ रुपैयाँ, कर्जा नोक्सानी व्यवस्था १८ लाख ८८ हजार ४ सय १ रुपैयाँ, आयकर दायित्व ३ लाख ५४ हजार ६ सय ९१ रुपैयाँ, स्थगन कर दायित्व ३३ हजार ५ सय ६९ रुपैयाँको भएको छ भने, संस्थाको जम्मा करोबार ११ करोड ९३ लाख ८६ हजार ७ सय ९५ रुपैयाँको भएको छ । साथै साधारण सभाले अध्यक्ष शाक्यद्वारा प्रस्तुत आ.व. २०७८÷०७९ को संस्थाको बार्षिक प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन, लेखा समितिको प्रतिबेदन, लाभांश वितरण, आ.व.२०८९÷०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध संचालक समितिको निर्णय अनुमोदन, विनियम संशोधन निर्बाचन, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।