नाइल बचतको बाह्रौं साधारण सभा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै नाइल बचत तथा ऋण सहकारी संस्था लि. ले बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष निलमणि पाठकद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा परिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयर पूँजी १ करोड ६५ लाख ३१ हजार रुपैयाँ, कोष हिसाब ४५ लाख ४५ हजार ३ सय ७२ रुपैयाँ, बचत ५ करोड ४१ लाख १५ हजार ८ सय ४३ रुपैयाँ, चालु दायित्व ४८ लाख २४ हजार ३५ रुपैयाँ व्यवस्थाहरु २७ लाख ४० हजार ५ सय ९७ रुपैयाँको भएको छ भने संस्थाको जम्मा कारोबार ८ करोड २७ लाख ५६ हजार ८ सय ४७ रुपैयाँको भएको छ । साथै अन्य विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *