औद्योगिक बचतको साधारण सभा सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । औद्योगिक बचत तथा ऋण सहकारी संस्था लि. ले हालै बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बालाजु काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष देवराज तामाङ्गद्वारा प्रस्तुत संस्थाको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८/०७९ वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत सम्बन्ध, आगामी आ.व.को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, विनियम संशोधन सम्बन्ध, लाभांश तथा कर्मचारी बोनस वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी ७ करोड २८ लाख ८३ हजार १ सय रुपैयाँ, जगेडा तथा कोषहरु ३ करोड २० लाख ६२ हजार ५ सय ४१ रुपैयाँ ७२ पैसा, बचत दायित्व ३६ करोड १९ लाख ५६ हजार ५ सय ५४ रुपैयाँ १६ पैसा, भुक्तानी दिनुपर्ने हिसाब ४ लाख ४९ हजार ७ सय ८३ रुपैयाँ ५३ पैसा, आयकर दायित्व ६ लाख ४१ हजार ९ सय ११ रुपैयाँ ६२ पैसा, अन्य हिसाब दायित्व ५६ लाख ११ हजार १ सय ३१ रुपैयाँ १३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल पूँजी तथा दायित्व ४७ करोड ३६ लाख ५ हजार २२ रुपैयाँ १६ पैसाको भएको छ । अध्यक्ष तामाङ्गको सभापतित्वमा सम्पन्न सो साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *