माछा चिन्हका स्वतन्त्र उम्मेदवार डा. बस्नेत घरदैलो अभियानमा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिंदै जाँदा काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डा.ज्ञान बस्नेत चुनावी अभियानमा जुटिरहेका छन् । उनले केही दिनयता देखि क्षेत्र नं ९ का जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन् । उनको चिनाव चिन्ह माछा रहेको छ । काठमाडौं क्षेत्र नं ९ मा चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४, १५, नागार्जुन नगरपालिकाको ६ देखि १० नं वडा र काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडाहरु समेसटएको छ । ०७४ को निर्वाचनमा कुल २२,८५२ मत सहित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । स्थानीय निर्वाचनको परिणाम भने नेपाली कांग्रेसको पक्षमा देखिएको छ । केही स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रेको यो क्षेत्रमा डा. बस्नेतको पक्षमा स्थानीय जनताहरुको राम्रो सहानुभुति देखिन्छ । डा.बस्नेतले आफ्नो उम्मेदवारीका विषयमा बताउँदै भने ‘संस्कारको राजनीतिको वकालत र सुत्रपातको लागि, राष्ट्रिय स्वाधिनताको रक्षा र वकालत, सर्वसाधारण जनतासँग राजनीतिलाई जोड्न, दण्डहिनता, कुशासन, भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्ध उत्रन पनि आफूले उम्मेदवारी दिएको हो ।’ उनले आफूले दलीय व्यवस्थाको विरुद्धमा नभएर दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक विकृति र भागबण्डाको राजनीतिको विरुद्धमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको प्रष्ट पारे । डा. बस्नेतले माछा चिन्हमा मतदान गरेर आफूलाई विजयी गराउन जनतासँग अनुरोध गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *