नजिकैको गन्तव्य दहचोकको भ्यु टावर रिसोर्ट

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शहरको धुलोधुँवा, कोलाहल वातावरणबाट केही समयको लागि भएपनि शान्त रहन चाहनेहरुको लागि सितापाईला वा कलंकी चौकबाट १० किमिको मोटर बाटो हुँदै सहजै पुग्न सकिने ऐतिहासिक गन्तब्य दहचोक हाईट रामकोटमा रहेको भ्यु टावर रिसोर्ट हुनसक्छ । ब्यवसायि कृष्ण भारतीले तीन वर्ष पहिलेबाट सञ्चालनमा ल्याएको भ्यु टावर रिसोर्टमा आफ्ना पाहुनाहरुको स्वास्थ्यको ख्याल गर्दै अर्गानीक, हाईजेनिक खाना उपलब्ध गराउदै आईरहेको छ ।

बिभिन्न परिकारका नयाँ स्वादको साथमा मानव स्वास्थ्यलाई असर नपर्ने गरी खाना उपलब्ध गराउने उद्धेश्यले भ्यु टावर रिसोर्ट सञ्चालनमा ल्याएको प्रो. कृष्ण भारतीले बताउनु भयो । यहाँ विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद लिन चाहनेले यस रिसोर्टमा पारिवारिक तथा रमाइलो बाताबरण पाउन सक्छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहेको यस रिसोर्टमा बिहानको ब्रेकफाष्ट, खानाका साथै बुंगुर, खसी, माछा, लोकल कुखुराको आफ्ना पाहुनाको स्वाद अनुसारको चाईनिज, थाई, इण्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने छ । बिभिन्न परिकार उपलब्ध गराउदै आईरको छ ।

पार्किङको सुबिधासंगै दुई रोपनी क्षेत्र फलमा फैलिएको भ्यु टावर रिसोर्टमा रात बिताउन चाहनेहरुको लागि एटेज बाथरुम सहितको सुबिधा सम्पन्न कोठाहरुसंगै बाहिरी मनमोहक दृश्य नियाल्दै अनुभवी सेफहरुले बनाएको स्वादिलो खानासंगै मनोरञ्जन लिनको लागि रुफटपको पनि ब्यवस्था रहेको छ । भ्यु टावर रिसोर्ट वरपर दहचोक, ईन्द्रताल, मनकामना मन्दिर, काजी कालु पाँडेको समाधिस्थल, राजा पृथ्वीनारायण शाहको समयदेखि बडा दशैँको अवसरमा पशुवलिदिने स्थान, घुन्सा हेलिकप्टर दुर्घट्नामा मृत्यु भएका २४ जना स्वदेशी, विदेशीहरूको अर्धकदको शालिक निर्माण स्थल, भ्युटावर, स्वीजरल्याण्ड पार्क लगायतका रमणीय स्थानको मनोरञ्जन लिदै रिसोर्टको उत्तरतिर फैलिएको सुन्दर हिमालयसंग नजिकबाट साक्षत्कार गर्दै स्वर्गिय आनन्दको अनुभूति गर्न सकिने सुन्दर गन्तब्य हुन सक्छ भ्यु टावर रिसोर्ट दहचोक, रामकोट ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *