नेपाली भूमि फिर्ता गरिदिन भारतलाई आग्रह

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, १ जेठ । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले देश बचाउन सम्पूर्ण नेपालीजनतालाई एकजुट हुन आह्वान गरेका छन् । प्रेस विज्ञप्ति मार्फत् उनले भनेका छन् ‘संघीय अतिवादका कारण देश विघटनको अवस्थामा पुगेको कुरा महसुस भएकै छ । कोशी, गण्डकी, महाकाली, टनकपुरजस्ता नदी नियन्त्रण गरेको भारत सिक्किम र कश्मीर नियन्त्रण गरेको कुराले अतिवादको बाटोतिर धेरै हौसिएको छ भन्दाकुनै अत्युक्ति हुँदैन ।’
अध्यक्ष निरौलाले थपेका छन् ‘नेपालको महाकाली क्षेत्र अहिले पनि जवरजस्त अतिक्रमण गरेर राखेको छ ।

सुस्ता, महेशपुर, उसैको नियन्त्रणमा छन् । सरकारी सुचना अनुसार महाकाली भारतलाई सुम्पेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतलाई जिम्मा लगाउने योजना अनुसार यही जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनीमा आउँदै छन । छिमेकी मित्रहरुको आगमन राम्रो कुरा भएपनि नेपाली स्वाधिनता माथि भइरहेका र हुने हस्तक्षेपको घोर भत्सर्ना गर्दछौं ।

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष निरौलाले हामी चाहन्छांै नजिकका छिमेकीसँगको सम्बन्ध आधुनिकता, समानता र मित्रताको बाटोबाट अघि बढ्नु आवश्यक छ भन्दै भइरहेको अप्राकृतिक गतिविधिबारे घोर निन्दा गर्दै दार्जिलिङ, गडवाल सहितका अतिक्रमित नेपाली भूमि तुरुन्त नेपाललाई फिर्ता गरिदिन छिमेकी भारतसँग अनुरोध गर्दै देशको स्वाधिनता बचाउनका लागि सबै नेपाली जनताहरु एकजुट बन्न आह्वान गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *