दिलकृष्णको संगीतमा दशैं आयो

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २४ असोज । दशैंको मौका पारेर दिलकृष्ण श्रेष्ठको संगीत सिर्जना रहेको ‘दशैं आयो’ बोलको भिडियो अभिनेता प्रज्वल गिरिको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतले नेपालीहरूको महान पर्व दशैंको उत्सवलाई मिठो धुन र गहिरो भावनात्मक शब्दमार्फत उत्कृष्ट रूपमा उजागर गरेको छ । शब्द रञ्जना श्रेष्ठ, भिडियोको निर्देशन सन्देश शाहले गरेका छन् । भिडियोमा प्रज्वल गिरी, किशोर खतिवडा, जीबी चिरन, कमला देवकोटा आदिको अभिनयले विशेष आकर्षण थपेको छ । तिनै कलाकारहरूले दशैंको उमंग, परिवारसंगको मेलमिलाप र स्नेहपूर्ण भेटघाटलाई भिडियोमा जिवन्त ढंगले प्रस्तुत गरेका छन् । संगीत सिर्जनामा समेत आफ्नो उपस्थिति जनाएका दिलकृष्ण श्रेष्ठ चलचित्र अभिनेता हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *