मानव सेवाआश्रमको मेचीमहाकाली उद्दार यत्रा झापाबाट शुरु । पहिलो दिन १० जनाको उद्दार

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)
२८ असाेज, ( बिर्तामाेड) झापा । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे उद्वार अभियानका उद्वार  टाेलीले अाजबाट मेचीनगरबाट उद्वार यात्राकाे थालनी गरिसकेकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म सञ्चालन हुने यात्रामा उद्वार टाेलीका यात्रीहरु सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार तथा सेवामा खटिनुहुनेछ ।
अाज साेमबार ९ जना पुरुष १ जना महिला सहित १० जना सहयाेगापेक्षी  मानवहरुकाे उद्वार भएकाे छ । जसमध्ये मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामाेड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २ जनाकाे र शिवसताक्षी नगरपालिकाबाट  २ जनाकाे उद्वार गरिएकाे हाे ।  उद्वार भएका सडकअाश्रित मानवहरुकाे अाज नै मानवसेवा अाश्रम झापाकाे बाँहुन डाँगी सेवासेवाकेन्द्रमा गृहप्रवेश गरिनेछ ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।
यसअघि ३ वटा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न भइसकेको छ । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ७५८ जना र अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ३०४ जनाको उद्धार भएको थियो।
यसपटकको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई थप टेवा पुग्ने देखिन्छ ।
साथै भाेलि मंगलबार माेरङ जिल्लाकाे पथरी, बेलबारी, विराटनगरमा उद्वार सेवा रहनेछ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *