स्थापित योजना बहुउद्देश्यीयको साधारण सभा सम्पन्न

Uncategorized प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै तेह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । नयाँबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष प्रदिप भट्टद्वारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम सम्बन्ध, लेखा समितिद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश विवरण सम्बन्ध, व्याज छुट तथा कर्जा मिनाह सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ५ करोड १७ लाख ५४ हजार २ सय २ रपैयाँ, जगेडाकोष १ करोड १० लाख ५ रुपैयाँ ९५ पैसा, अन्यकोष १ करोड ७३ लाख २ हजार ४ सय ४७ रुपैयाँ १८ पैसा, बाह्रय ऋण २ करोड २० लाख ४२ हजार ३ सय २९ रुपैयाँ ६२ पैसा, निक्षेप दायित्व २० करोड ५५ लाख ९० हजार १ सय ३३ रुपैयाँ ३३ पैसा, अचल सम्पति ४ करोड १९ लाख १६ हजार ४ सय २१ रुपैयाँ ६० पैसा, कर्जा लगानी २४ करोड १ लाख ९४ हजार ४ सय ६५ रुपैयाँ १६ पैसा, कूल आय ४ करोड ६१ लख २७ हजार १ सय ४५ रुपैयाँ ८३ पैसा, कूल व्यय ३ करोड ३५ लाख ७ हजार ५ सय ५८ रुपैयाँ ५२ पैसा, कर पछिको नाफा ९७ लाख ९८ हजार ३ सय ५६ रुपैयाँ १३ पैसाको भएको छ । साथै साधारण सभामा संस्थामा उत्कृष्ट कारोवारीहरुलाई सम्मान पुरस्कार प्रदान गरिनुका साथै कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *