काठमाडौं । सहलहः बचत तथा ऋण सहकारी संस्था लि. ले हालै चौधौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।गल्कोपाखा ठमेल काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को प्रस्तावित बजेट नीति एवं कार्यक्रम, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड २४ लाख १३ हजार ७ सय रुपैयाँ, जगेडा तथा अन्य कोषहरु १ करोड ६८ लाख ५ सय ८१ रुपैयाँ ७६ पैसा, ऋण नोक्सानी कोष व्यवस्था ८४ लाख ५ हजार ७ सय ४९ रुपैयाँ ७० पैसा, आयकर व्यवस्था ८ लाख १६ हजार १९ रुपैयाँ ६९ पैसा, निक्षेप १६ करोड ८ लाख ८४ हजार ९७ रुपैयाँ ४६ पैसा, प्राप्त हुनुपर्ने व्याज ५४ लाख २७ हजार ७ सय ७५ रुपैयाँ ५१ पैसा, अन्य दायित्व ९ लाख ७३ हजार ५ सय ४३ रुपैयाँ २२ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार १९ करोड ९६ लाख १ हजार ४ सय ६७ रुपैयाँ ३४ पैसाको भएको छ । संस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।