निकास, विकास र निस्वार्थ सेवाका लागि मेरो उम्मेदवारी : बिनयजंग बस्नेत

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

विनयजंग बस्नेत यतिबेला आसन्न स्थानीय निर्वाचनको तयारीमा जुटेका छन् । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वार्ड नं ७ चाँगाथली बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कुनै राजनीतिक दलबाट नभई स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणाले स्थानीय नगरपालिका र वाडामा बिनयको विषयमा चर्चा चल्न थालेको छ । समाजसेवामा सक्रिय वस्नेत राजनीतिबाट अलि परै रहेपनि एक्कासी स्वतन्त्र रुपमा वडा अध्यक्ष जस्तो स्थानीय स्तरमा महत्व राख्ने पदमा उम्मेदवार बन्नेकुरामा सवैले चासो पुर्वक हेरिरहेका छन् ।

पछिल्लो समय वेवारिसे शवका व्यवस्थापकका रुपमा चार्चा पाएका वस्नेत पुराना कुशल सञ्चारकर्मी समेत हुन् । वेवारिसे अवस्थाका शवहरु संकलन गरेर दाहसंस्कार गर्ने, गरिव, असहाय एवं वेवारिस परेका मानिसहरुलाई उद्दार गर्ने, र उनीहरुलाई आवश्यक सहयोग समेत गर्दै समाजसेवामा एउटा बेग्लै उदाहरण समेत प्रस्तुत गरेका छन् वस्नेतले । हाल उनी एक्सन फर सोशियल चेन्ज नामक संस्थाका संस्थापक अध्यक्ष हुन । वेवारिसे हरुको उद्दार र सहयोगको अभियान अहिले संस्थागत गर्न सफल बनेका छन् । भुकम्प र कोरोना महामारीको समयमा वस्नेतले गरेको सहयोग र सक्रियता मुलुकमै उदाहरणीय रुपमा लिइन्छ । टिकाथली स्थित आफ्नै निवासमा अलपत्र परेका नागरिकहरुलाई राख्ने र खाना खुवाउने आश्रम निर्माण गरेका विनयले पुर्खेउली जमिन समेत समाजसेवामा लगाएर निस्वार्थ सेवाको नमुना प्रस्तुत गरेका छन् ।

सेवा, सहयोग, सक्रियता र जवाफदेहिताको उत्कृष्ट व्यक्तित्वको प्रदर्शन गर्न वस्नेत सफल छन् । समाजसेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै एक्कासी स्थानीय वडामा उम्मेदवारी दिने घोषणालाई स्थानीय जनताले स्वागत गरेको उनी बताउँछन् । बस्नेत भन्छन् ‘स्थानीय जनताको सल्लाह, सुझाव र अनुरोधले नै उम्मेदारी दिने सोच बनाएको हुँ ।

‘अब गाउँ अनि देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ भन्ने परिस्थिति सुहाउँदो नारा उनले दिएका छन् । बस्नेतले अब राजनैतिक परिवर्तन ल्याउने उचित समय आएको छ, परिवर्तन सम्भब छ । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेको बताए ।

नयाँ सोच र निस्वार्थ अभियानबाट मात्र परिवर्तन ल्याउन सकिने धारणा राखेका विनयसँग स्थानीय क्षेत्रको सामाजिक, आर्थिक, भौगोलिक समस्याहरुको गहिरो अध्ययन पनि छन् । गाउँ समाजमा भोग्नु परेका सडक, खानेपानी, स्वास्थ्य शिक्षा र सुरक्षाका समस्याहरुका बारेमा विभिन्न समयमा खरो र सशक्त आवाज समेत उठाउने गरेका थिए । यसै कारण पनि समस्याको दीर्घकालीन समाधान खोज्न निस्वार्थ व्यक्ति उम्मेदवार हुनुपर्छ भनेर गाउँ समाजबाटै सवैले हौसला दिएपछि चुनावी मैदानमा उत्रने निर्णय वस्नेतले गरेका छन् । मुलुभूत रुपमा खानेपानी, सडक, फोहोर व्यवस्थापन, शिक्षा लगायतको क्षेत्रमा सुधार गर्ने उनको लक्ष्य छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *