न्यायपरिषद्ले गर्‍यो उच्च अदालतका तीन न्यायाधीशको सरुवा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका तीन न्यायाधीशको सरुवा सिफारिस गरेको छ । उच्च अदालतमा १६ न्यायाधीश रिक्त रहेको अवस्थामा शुक्रबार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिसको निर्णय गरेको हो ।

न्यायपरिषद् नियमावली संशोधनदेखि नै उच्च अदालतका न्यायाधीशको नियुक्तिसम्बन्धी विषयमा नेपाल बार एशोसिएशनले प्रश्न उठाएका कारण न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस नगरेको हो ।

बारले भने शुक्रबार पनि न्यायपरिषद् परिसरमै धर्ना दिएर नियमावली संशोधन नगरी न्यायाधीश नियुक्ति नगर्न दबाब दिएको थियो । उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीशहरू हरिप्रसाद भण्डारी र धिरबहादुर चन्दलाई उच्च अदालत विराटनगरको अस्थाइ इजलास ओखलढुंगा सरुवा सिफारिस भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *