मोरङ- ६ बाट शेखर कोइराला विजयी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

विराटनगर – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभामा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्। कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतकोअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल थरेका छन्। त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाएका छन्।

मतगणनामा डा. कोइरालाले सुरुवात देखिनै अग्रता कायम गरेका थिए। पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला ०७४ को प्रतिनिधिसभा सदस्यमा एमालेका पण्डितसँग पराजित भएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *