अपराधिक लाभ लिने उद्देश्यले चेक र अन्य कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाउने सुरज श्रेष्ठ पक्राउ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ  । घरजग्गा कारोवार तथा ड्राइभिङ् सेन्टर संचालन  गर्ने कार्यालयमा बोलाइ बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी चेक र अन्य कागजमा जबर्जस्ती  हस्ताक्षर गर्न लगाउने सुरज कुमार श्रेष्ठलाई  पक्राउ गरको काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालय  मिनभवनले जनाएको  छ ।

काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसार  केही व्यक्तिहरूले काठमाडौँस्थित काँडाघारी स्थित घरजग्गा कारोवार तथा ड्राइभिङ सेन्टर संचालन  गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिने सम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी जवरजस्ती २० लाखको चेक र ८,लख ५० हजारको कागज गराई  अपराधिक लाभ लिने कार्यमा संलग्न सुरज कुमार श्रेष्ठलाई मिति २०८०भदौ २५ काँडाघारीबाटै पक्राउ गरेको हो ।

अपराधिक लाभ लिने कार्यमा संलग्न  पक्राउ परेका श्रेष्ठलाई  २०८०भदौ २६ गते आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र  सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *