चन्द्रागिरिमा सांगीतिक कार्यक्रम आयोजना हुँदै

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चन्द्रागिरि स्थित डिजे लाउन्जमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । चन्द्रागिरि ११ मुक्तिनाथ कम्पेल्कस एभरेष्ट बैंक नजिक डिजे लाउन्जमा बेजोड सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो । युवा व्यवसायी तथा युवा मोडल रूपेश दानीको आयोजनामा एक दिने सांगीतिक लोक दोहोरी कार्यक्रम गरिन लागेको डिजे लाउन्जका सञ्चालक विरू जोशीले बताए ।

नेपाली सांगेतिक जगतका चर्चित दोहोरी गायक सानू केसी,सुशीला लामा,लक्ष्मी दर्नाल,राम लामा र विजिता रायमाझीको दमदार प्रस्तुति रहने आयोजक समुहका रूपेश दानीले बताए ।

कार्यक्रम भदौ २९ गते शुक्रबार बेलुका ६ बजे देखि बेलुका १२ बजे सम्म चल्ने डिजे लाउन्जका सञ्चालक देब महर्जनले बताए ।सञ्चालक महर्जनका अनुसार विभिन्न स्वादिष्ट परिकार संगै सांगेतिक मनोरञ्जन र पारिवारिक आन्नद प्राप्त गर्ने अबसर लिन समेत अनुरोध गरेका छन् । सांगीतिक तथा लोक दोहोरी कार्यक्रमलाई विभिन्न कम्पनीको प्रयोजन रहेको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *