झापा । झापा जिल्लाको बिर्तामोडमा एक दिने नेपाली चलचित्रमा पर्या पर्यटन तथा युवाहरुको भूमिका सम्बन्धि एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । उक्त कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित करिव ८० जना युवाहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै जनचेतना नेपालको निर्माण एवं बालकृष्ण निरौलाको निर्देशनमा बनेको चलचित्र युवा उत्प्रेरणाको प्रदर्शन पनि गरिएको थियो । चलचित्र विकास बोर्डको सहयोगमा श्रीभा सञ्चार प्रा.लिले आयोजना गरेको यक्त कार्यशालामा प्रमुख अतिथि जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बालकृष्ण निरौलाज्यू,बिशिस्ट अतिथि, बरिस्ठ चलचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक बिश्वमणि घिमिरे समाजसेबि,दानबिर,शेर बहादुर थापा,साना किसान बिकास बैकका ईलाका प्रमुख शुभाष गौतम,चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनि घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल,जनचेतना नेपालका कोशी प्रदेश सम्योजक,खेमराज अधिकारी लगाएत विभिन्न ब्यक्तिहरु उपस्थिति रहेको कार्यक्रमको ब्यवस्थापन गोबिन्द कार्किले गर्नु भएको थियो । निर्माता निर्देशक चिरञ्जीवी बस्नेत र निर्देशक बिश्वमणि घिमिरेले चलचित्र कार्यशाला सम्बन्धि औचित्य प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा प्रमूख अतिथि निरौला र बिषेश अतिथि शेर बहादुर थापाले आगामी दिनहरुमा चलचित्र सम्बन्धि प्रशिक्षण राख्नु पर्ने र उक्त कार्यको लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो । कार्यक्रम श्रीभा सन्चारका प्रबन्धक निर्देशक गोबिन्द कार्किको सभापतित्वमा सम्पन्न भएको थियो ।
Facebook Comments Box