काठमाडौ । गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेवारी गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक टुगेन श्रेष्ठ दुई दशक भन्दा बढी समयदेखि यस क्षेत्रमा सक्रिय छन । उनले दर्जनौ हिट गीत आफ्नो दर्शक श्रोतामाझ पस्किसकेका छन भने हाल यी दुई फरक भाषाका गीतहरु लिएर दर्शकश्रोता माझ आफ्नो छुट्टै पहिचान बनाउन कम्मर कसेर अगाडि बढेका छन । दुवै गीतमा स्वर, शब्द संगीत उनकै रहेको छ भने एरेन्ज मिक्सिङ मास्टरिङ फ्लुट सबिन महर्जन, सारङ्गी किरण महर्जन गितार दिपेन महर्जन, ड्रम दिपेश महर्जनको रहेको छ । नेवारी गीतमा मनोज महर्जन र हसना महर्जन, सुवास महर्जन लगायतको अभिनय रहेको छ भने हिन्दी गीत दिपेश महर्जन र सुस्मिता लामाको अभिनय रहेको छ । दुवै गीतमा निर्देशन उज्ज्वल शर्मा, छांयाकन सम्पादन र कलर साजन घले र मेकअप मितु श्रेष्ठको रहेको छ । अडियो भिडियो लगायत सबैमा सहयोग गर्ने सम्पुर्ण परिवार, आफन्तजन लगायत म्युजिक सतह, सुजन श्रेष्ठ, एवन महर्जन, राजेश श्रेष्ठ, सुशील माली, सबिन महर्जन, सुमन कुमार श्रेष्ठ, जवन माली,संजयमान महर्जन, द रेन्डर नेपाल ब्याण्ड, सिचु रेष्टुरेण्ट लगायत सम्पुर्ण सहयोगी तथा मिडिया लगायतलाई विशेष धन्यवाद दिएका छन ।
Facebook Comments Box