“कराते महासंघको साधाण सभाद्धारा,एरिका हिमालयन वारियर” उपनामले सम्मानित”

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ।  नेपाल कराते महासंघको दोश्रो वार्षिक साधारण सभा बाराको निजगढमा सम्पन्न भएको छ । महासंघको दोस्रो वार्षिक साधारणसभाले एरिका गुरुङलाई ‘हिमालयन वारियर’उपनामले सम्मानित गर्ने निर्णय गरेको छ । उक्त सम्मान गर्ने निर्णय महासंघले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न भएको १९ ओै एशियन गेम्समा ऐतिहाशिक रजत र २० औं एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।त्यसैगरी उनले वर्ल्ड सितोरियो कराते प्रतियोगितामा स्वर्ण लगायत ऐतिहाशिक पदक राष्ट्रलाई दिलाएकी थिईन । हाल सम्म उनले सहभागीता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा कुनै पनि खेलमा खाली हात फर्कनुपरेको छैन ।

त्यसैगरि साधारण सभाले विश्व कराते महासंघ (WKF )को निर्देशन अनुसार विधानमा आवश्यक संशोधन गर्ने र प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी नियमावली,कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने समेत निर्णय गरेको छ । उक्त साधारण सभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक,टिम म्यानेजर,राष्ट्रिय कराते एकडेमी र प्रतियोगिता सम्बन्धी कार्यविधि पारित गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यसैगरि महासंघमा रिक्त पदहरूमा मनोनयन गर्ने अधिकार अध्यक्षलाई प्रदान गर्ने तथा मनोनित सदस्यहरूको अनुमोदन गर्ने निर्णय सहित राष्ट्रिय टिम प्रशिक कुशल श्रेष्ठ,मण्डेकाजी श्रेष्ठ र राष्ट्रिय टिम तयारी संयोजक दावा गुरुङ्ग र सदस्यहरुलाई २ वर्षमा पदक उपलव्धीका निम्ति धन्यवाद दिने निर्णय गरेको छ ।

यस अघि कार्यक्रममा ७ प्रदेशका ३५ प्रतिनिधि,विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य,१७ पर्यवेक्षक र २१ विशिष्ट अतिथिहरुको उपस्थिति रहेको

उक्त साधारण सभाको उदघाटन मधेस प्रदेशका सांसद माला लामाले गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *