नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार ७ वटै प्रदेशमा दिक्षान्त ( Black belt 1St Dan,2nd Dan,3rd Dan Grading ) कार्यक्रमको सन्चालन गर्ने क्रममा मंगलवार देखि संघले मधेस प्रदेशमा दिक्षान्त कार्यक्रम शुरु गरेको छ । मधेस प्रदेश स्थित लाहानमा सन्चालन भएको उक्त दिक्षान्त कार्यक्रमको मधेस प्रदेश सांसद ललिता दास विद्रोहीले एक बिशेष कार्यक्रम बिच उदघाटन गर्नुभयो ।
उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल कराते महासंघका उपाध्यक्ष मजिन्द्र सिह,लाहान नगरपालिका उपमेयर राम चरितर महतो,नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक तुलसी कुमार महर्जन, नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’, नेपाल सितोरियो कराते संघका सदस्य जानकी सेढाई महर्जन,सिराहा जिल्ला नेपाल प्रहरी तथा शसस्त्र प्रहरी वलका प्रमुख,सिराहा जिल्ला समन्वयन समिति प्रमुख दिनश महतो,बरिष्ठ प्रशिक्षक तथा मधेस प्रदेश ब्ल्याक बेल्ट प्रशिक्षक कमिटिका प्रमुख रामवावु शाह,मधेस प्रदेश सितोरियो कराते संघका पदाधिकारी , मधेस प्रदेश सितोरियो कराते संघका ८ वटै जिल्लाका प्रमुख,राखेप प्रशिक्षक,स्वयम सेवक प्रशिक्षक,पत्रकार,समाजसेवी स्थानिय लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
करिव १ सय जना सहभागी भएको उक्त कार्यक्रमको सभापति नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघ मधेस प्रदेशका अध्यक्ष राचन्द्र ठाकुरले गरेका थिए भने कार्यक्रमको सन्चालन नेपाल सितोरियो कराते संघ मधेस प्रदेशका सचिव कसम कुमार लामाले गरेका थिए ।
४ दिनसम्म निरन्तर सन्चालन हुने उक्त कार्यक्रमको सिराहा जिल्लाका प्रशिक्षक राजेश गुप्ताले संयोजकको भुमिका निर्वाह गरिरहेका छन । संघको यस अघि गण्डकी प्रदेशवाट शुभारम्भ भएको कार्यक्रम वागमती प्रदेश,लुम्विनी प्रदेश,कर्णाली प्रदेशमा सम्पन्न भईसकेको छ,भने हाल कोशी प्रदेशको धरानमा आयोजना भईरहेकोछ । संघको कार्यक्रम अनुशार अव बाकी रहेको सुदुर पश्चिम प्रदेशमा माघ महिनामा सन्चालन हुने नेपाल सितोरियो कराते संघले जनाएको छ ।