काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ९.५० अंकले बढेको छ । मंगलबार ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ । यस दिन एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
१३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।
Facebook Comments Box