हिमाल कडरिया दुई नयाँ चलचित्र लिएर आउँदै

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

हिमाल कडरियाको निर्माणमा दुई नयाँ चलचित्र बन्ने भएको छ । निर्माता कडरियाका अनुसार यो दुई चलचित्र एक दुःखी आत्मा र गाउँ नै रमाइलो रहेको छ । एक दुःखी आत्माको लेखन÷निर्देशन दिपेन्द्र लामाको रहेको छ । यस चलचित्रमा दयाहाङ राई मुख्य कलाकारको रुपमा रहनु हुने भएको छ । अरु कलाकारको चयन एक दुई दिन भित्रै गरिने निर्माता कडरियाले बताउनुभयो । यसैगरी गाउँ नै रमाइलोको लेखन विकास सुवेदीको रहेको छ । यस चलचित्रको निर्देशक दिनेश राउत रहनु हुने छ । यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, मिरुना मगर, हिमाल कडरिया र बुद्धि तामाङ लगायत रहेका छन् । दुबै चलचित्रको अरु कलाकारको अनुबन्दित गर्ने काम भइरहेको निर्माता कडरियाले बताउनुभयो । चलचित्र दुःखी आत्माको प्रदर्शन मिति तय हुन बाँकि रहेको छ भने गाउँ नै रमाइलोको प्रदर्शन भने २०८१ सालको दशैँमा तय गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *